
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।
मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन्।
उनले लेखेका छन्,’अनुरोध-अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला।’
प्रतिक्रिया दिनुहोस्