Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मन्त्रीमा सिफारिस संगीता मिश्रको नाम काटियो


13.7k
Shares

काठमाडौं ।

मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

सिफारिस गरिएको नाममध्ये एक संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राख्न फेरि आग्रह गरिएका कारण मन्त्रीहरु नियुक्ति हुन सकेको छैन । सरकारले फेरि नाम पठाउने कि त्यसैलाई सच्याउने भन्ने विषयमा अहिले परामर्श हुँदै गरेको ती अधिकारीले जानकारी दिए ।

मिश्राविरुद्ध अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा रहेका कारण उनलाई तत्काल मन्त्री बनाउन नहुने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्री पुगेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

Skip This