
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनबाट पारित ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०६३’ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो ।
संसदको दुबै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरिएको थियो । राष्ट्रपतिको प्रमाणीकरणसँगै अब नागरिकता सम्बन्धी संशोधित ऐन लागू हुने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्