Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


बाँकेमा खसी किन्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाकाे मृत्यु, ५ घाइते


5k
Shares

काठमाडाैं । बाँकेको नेपालगञ्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच झडप भएकाे छ।

साेही झडपमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे हाे । शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्काे समूहले किनेपछि झडप हुँदा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो।

विवादमा ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले बताएकाे छ । खसी बोका खरिद गर्ने दुई समूह आफन्त रहेको प्रहरीले बताएकाे हाे । साेही घटनामा अन्य ५ जना घाइते भएका छन् । ४ जना नेपालगन्जमा रहेको सञ्जीवनी मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् भने एक जनालाई उपचारको लागि भारत लगिएको प्रहरीले बताएकाे हाे ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा नेपालगन्जका मुस्ताफ अलि बेहना, सेराज अलि बेहना, ईस्थाक अलि बेहना र चाँदबावु बेहना रहेकाे प्रहरी कार्यालयले जनाएकाे हाे । विवाद गर्ने दुई समूहमा नाताले सालो र भेना पर्ने पनि रहेको प्रहरीले बताएकाे छ ।