Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


‘कार्यकर्ताबाट १० रुपैयाँ उठाएर कांग्रेसको पार्टी कार्यालय बनाउछौँ’


2.2k
Shares

काठमाडौँ  ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि देशभरका नेता तथा कार्यकर्ताबाट सहयोग जुटाउनुपर्ने धारणा राखेका छन्।

‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको पार्टी कार्यालयको अवलोकन गर्दै उनले प्रत्येक कार्यकर्ताबाट कम्तीमा १० रुपैयाँ संकलन गर्ने अभियान थाल्नुपर्ने बताए। साथै, इच्छाअनुसार बढी सहयोग गर्न चाहनेलाई पनि सहभागी गराउनुपर्ने उनको भनाइ छ।

गुरुङका अनुसार यसरी अभियानमार्फत निधि संकलन गर्दा कार्यालय पुनःनिर्माण हुनुका साथै सबै कार्यकर्ताको अपनत्व पनि बढ्नेछ। उनले पार्टी अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएका सुझावअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

उनले २०४६ सालयता पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग आफूले बारम्बार उठाएको स्मरण गर्दै, त्यस्तो प्रयास गरिएको भए हालको अवस्था आउने थिएन भन्ने टिप्पणी पनि गरे।

Skip This