काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले जनाएअनुसार दुई देशका प्रमुखबीच आज कुराकानीको तालिका तय भएको छ ।
यसअघि बुधबार नै दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुने भनिए पनि प्राविधिक कारणवश उक्त कार्यक्रम स्थगित भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मोदीसँग टेलिफोन कुराकानी गर्ने बताएको स्मरण गर्दै बुधबारको स्थगनबारे आफूलाई जानकारी नभएको बताउनुभयाे ।
गत मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरी भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देश दिनुभएकाे थियाे । सोही भेटमा मोदीसँगको टेलिफोन संवादको विषयमा पनि छलफल भएको बुझिएको छ ।





प्रतिक्रिया दिनुहोस्