
काठमाडौं।
जेनजी आन्दोलनपछिको अस्थिरताका कारण शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा बस्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र घर फर्किने तयारी भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बताउनुभएको छ ।
बस्नेतले सामाजिक सञ्जालमार्फत हजारौं जनसमुदायको उपस्थितिमा ओलीको भव्य गृह प्रवेश गराउने योजना सार्वजनिक गर्नुभएको छ। सुरक्षासँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र रूपमा भइरहेको जानकारी पनि उनले दिनुभएको हो ।
सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले आन्दोलन विजय नभई देशले जेनजी नाममा पराजय भोगेको दिन भएको उल्लेख गर्दै बाजा नबजाइने स्पष्ट पारे। उनका अनुसार आन्दोलनले ठूलो क्षति पुर्याएको छ र अहिले उत्सवको समय होइन।
बस्नेतले नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” भन्दै अहिले पुनर्निर्माण र गम्भीर चिन्तनको समय भएको बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्