Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


‘ओली बा’ लाई तीन दिनभित्र भव्यताका साथ गृह प्रवेश गराउँछौँ: महेश बस्नेत


9k
Shares

काठमाडौं।
जेनजी आन्दोलनपछिको अस्थिरताका कारण शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा बस्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र घर फर्किने तयारी भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बताउनुभएको छ ।

बस्नेतले सामाजिक सञ्जालमार्फत हजारौं जनसमुदायको उपस्थितिमा ओलीको भव्य गृह प्रवेश गराउने योजना सार्वजनिक गर्नुभएको छ। सुरक्षासँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र रूपमा भइरहेको जानकारी पनि उनले दिनुभएको हो ।

सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले आन्दोलन विजय नभई देशले जेनजी नाममा पराजय भोगेको दिन भएको उल्लेख गर्दै बाजा नबजाइने स्पष्ट पारे। उनका अनुसार आन्दोलनले ठूलो क्षति पुर्‍याएको छ र अहिले उत्सवको समय होइन।

बस्नेतले नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” भन्दै अहिले पुनर्निर्माण र गम्भीर चिन्तनको समय भएको बताउनुभएकाे छ ।