काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएकाे छ ।
सोमबार दिउँसो मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले पदभार ग्रहण गरेसँगै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएकाे छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे थियाे ।





प्रतिक्रिया दिनुहोस्