काठमाडौं । जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै नयाँ युगकाे सुरुवात भएकाे बताउँनुभएकाे छ ।
जेनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । उहाँले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
प्रधानमन्त्री कार्कीको आगमनसँगै मुलुकमा नयाँ आशा र सम्भावनाको सञ्चार भएको छ । जनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने चुनौती र अवसर दुवै उनीसामु छन् ।





प्रतिक्रिया दिनुहोस्