
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभएकाे छ
अस्पताल पुगेर उहाँले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएकाे छ।
भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार राति प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएकाे हाे । जेन(जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जेन–जी युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको हो।
प्रतिक्रिया दिनुहोस्