Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


देश र जनताको लागि हामी सबै एक भएर अगाडी बढ्नु पर्छ: कुलमान घिसिङ


3.562k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्ने बताउनुभएको छ ।

उहाँले शनिबार समाजिक सञ्जाल फेसबुकमा देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्ने बताउनुभएकाे हाे ।

उहाँले फेसबुकमा यस्तो लेख्नु भएको छ -सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु । देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ । जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो । सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।