Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


संसद् विघटनको विपक्षमा उभिने कांग्रेसको निर्णय


4.264k
Shares

काठमाडौं । नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संसद् विघटनको यो उपक्रम नेपालको संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको उल्लेख गर्नुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ – ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरित छ, संविधान सम्मत विल्कुल छैन ।’ उनले यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र अर्कातर्फ जेन–जी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशङ्का उत्पन्न गरेको बताउनुभयाे । विज्ञप्तिमा कांग्रेसले जिम्मेवार ढङ्गले राष्ट्रपतिले लिएको पहललाई जेन–जी पुस्ताको माग र भावनाबमोजिम नै निष्कर्षमा पुर्‍याउन र जेन–जीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिन आग्रह गरेको स्मरण गराइएको छ ।