Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


सभापतिज्यु अब तपाईं प्रधानमन्त्री बन्नतिर लाग्नुहुन्न : विश्वप्रकाश शर्मा


14.105k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा ज्यु अब तपाईं प्रधानमन्त्री बन्नतिर हाेइन,तपाईंले त्याग गर्नुपर्छ भन्ने अभिव्यक्त्ति दिनुभएकाे छ ।

शनिबार समाजिक संञ्जाल फेसबुकमा बाेल्दै उहाँले भन्नुभयाे- भन्दै आएको थिएँ – सभापतिज्यु अब तपाईं प्रधानमन्त्री बन्नतिर लाग्नुहुन्न, तपाईंले त्याग गर्नुपर्छ l जोड दिएको थिएँ – देउवा, दहाल र ओलि ३ जनाले नै छोड्नुपर्छ, अभिभावक बन्नुपर्छ l सिद्धान्त पेश गरेको थिएँ – `वान_ टु _थ्री _फो´l रास्ट्रपति एकपटक मात्र, प्रधानमन्त्री दुइपटक मात्र, मन्त्री तिनपटक मात्र …. ! बदलिएको समयको पदचाप बुझ्न नसक्नु / बुझाउन नसक्नु l अरुको होइन मेरै हो दोष l त्यसैले नयाँ शुरुआत गर्न जरुरी छ– आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्प !