Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट बन्द


0
Shares

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलन सुरु भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण यथावत् रहेको छ ।

यस्तै परिस्थितिमा बिहीबार राति साढे ११ बजेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका आधिकारिक वेबसाइट एकैपटक बन्द भएका छन् ।

गृहमन्त्रालयसहित अन्य सरकारी निकायका वेबसाइट भने सामान्य रूपमा सञ्चालनमा रहे पनि देशका दुई सर्वोच्च कार्यकारी निकायका वेबसाइट बन्द हुनुले थप जिज्ञासा र आशंका उत्पन्न गरेको छ । प्राविधिक समस्या वा अन्य कारणले वेबसाइट डाउन भएको भन्ने आधिकारिक जानकारी नआएसम्म विभिन्न अड्कलबाजी भइरहेका छन् ।

हाल देशभर सेनाको नेतृत्वमा पूर्वराजालाई फर्काउने तयारी भइरहेको हल्ला व्यापक बनेको छ । यस्तो संवेदनशील समयमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका वेबसाइट नै पूरै डाउन हुनुले यसलाई आन्दोलनकै असर वा नियतवश बन्द गरिएको हुन सक्ने आशंका झन् बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएकै दिनसम्म पनि प्रधानमन्त्री कार्यालयको वेबसाइट सामान्य सञ्चालनमै थियो । तर बिहीबार मध्यरातिपछि एकाएक राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका वेबसाइट बन्द छ ।