Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


जेनजीलाई गगन थापाको सन्देश : संविधानभित्रै समाधान खोज्नुपर्छ (भिडियाेसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालको संविधानको निरन्तरता आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले संविधानभित्रै संशोधन र समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका हुन्। थापाले सामाजिक सञ्जाल बन्दजस्ता कदमले नागरिक अधिकारमा असर पार्ने भन्दै यस्तो कार्य अस्वीकार्य हुने चेतावनी पनि दिएका छन् ।

उनले पार्टी सुधार, नेतृत्व परिवर्तन गर्न तयार रहेको जनाउँदै पुनर्निर्माणमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे। साथै, गल्ती गर्ने जो–कसैलाई कानुनअनुसार कारबाही हुनुपर्ने र आफू पनि माफी माग्दै सुधार्ने वाचा गरे।