Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


पार्टीलाई जरैदेखि पुननिर्माण गर्ने कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माकाे प्रतिबद्धता (अपिल पत्रसहित)


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको महामन्त्रीद्वय थापा र शर्माले स्वीकार गरेका हुन् । बेथिति र भ्रष्टाचार मौलाएको विषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेको दुवै जना महामन्त्रीद्वयले संयुक्त रुपमा बुधबार जारी गरेकाे अपिल पत्रमा उल्लेख गरिएकाे छ ।

सत्तालाई जवाफदेही बनाउन गरेका प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको, नयाँ पुस्ताको लय-चाहना समयमै बुझ्न नसकेकोमा आत्म-आलोचना महामन्त्रीद्वय थापा र शर्माले गरेका हुन् ।