
काठमाडौं । डिल्लीबजार कारागारकै कैदी बन्दीहरुले कारागारमा आगजनी गरेका छन् ।
कैदी बन्दीहरुले बुधबार आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासनले जनाएकाे छ ।
हाल कारागारमा आगो लागिरहेकाे प्रशासनले बताएकाे हाे । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्