
ललितपुर । नेकपा(एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि दश समूहमा छलफल सुरु भएको ।
सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा.विजय सुब्बा, लेखा डा.पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशब वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गुर्नभएको थियो ।

प्रतिनिधिहरुलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमित भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश गर्नुभएको छ ।

दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेश गर्न महासचिव पोखरेले निर्देश गर्नुभएको छ ।

त्यसैगरी बन्दशत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ । जसमा सदस्यहरु स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्यूरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्