
काठमाडौं । शेयर बजार परिसुचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १९ दशमलव ८९ अंकले घटेको छ ।
नेप्से ० दशमलव ६४ प्रतिशतले घटेर २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब रुपैयाँ पनि पुगेको छैन । मंगलबार दिनभरीमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार ८ सय ७४ हजार कित्ता शेयर कारोबार भएको हो ।
बजार बन्द हुँदा २९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २१ वटा कम्पनीको शेयर मूल्य घटेको हो । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
दिनभरीमा ३ सय २३ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार ७ सय ७५ पटक शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्