
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार १३ अंकले बढेको छ ।
नेप्से १२ दशमलव ९१ अंक (० दशमलव ४६ प्रतिशतले) बढेर २ हजार ७ सय ६३ दशमलव ७४ विन्दुमा पुगेको हो । नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरीमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर कारोबार भएको हो ।
बजार बन्द हुँदा १ सय ४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६ वटा कम्पनीको शेयर मूल्य भने घटेको हो । २ वटा कम्पनी भने स्थिर रहेका छन् । दिनभरीमा ३ सय २६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ७ सय ७५ पटक शेयर किनबेच भएको नेप्सेले जनाएको हो ।
अन्य र ट्रेडिङ समूह बाहेक सबै समूह बढेको छ। सबै भन्दा बढी वाणिज्य बैंक समूह १ दशमलव५० अंकले बढेको नेप्सेले जनाएको हो।
प्रतिक्रिया दिनुहोस्