Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानमन्त्री ओली नेतृत्वको जम्बो टोली चीनमा पुगे


1.2k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनमा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुग्नुभएको हो। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीन भ्रमणमा रहनुहुने भएको छ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा।युवराज खतिवडा र सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् । एससीओ सम्मेलन यहि १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने भएको छ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्ने कार्य तालिका रहेको हो ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार दिउँसो सवाँ ३ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको हो ।

उहाँलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरेका थिए ।