Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


प्रधानमन्त्री ओली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान (तस्बिरसहित)


65
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली शनिबार शांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको हो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गर्नुभएको यो ओलीको दोस्रो पटक पनि हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीन भ्रमणमा रहनुहुने भएको छ।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा र सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।

एससीओ सम्मेलन यहि १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने भएको छ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्ने कार्य तालिका रहेको हो ।