१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


विद्यालय शिक्षा विधेयक भदौ २६ गते सदनबाट पारित गर्ने सरकारको तयारी


4.576k
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकबाट भूमी सम्बन्धी विद्येययकलाई पारित गर्ने तयारी गरिएको छ ।

सभामुख देवराज घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभरी सञ्चालन हुने बैठकको कार्यसूची निर्धारण गर्न छलफल गर्नुभएको हो । छलफलमा शुक्रबारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको उहाँको भनाइ छ । भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाका अनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक, राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषदको काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ ।

भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित संघीय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि प्रमुख सचेतक बर्तौलाले जानकारी गराउनुभएको छ । त्यसपछि प्रतिनिधि सभाको बैठक भदौ २५, २६ र २७ गते बस्ने भएको हो । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको समेत उहाँको भनाइ छ ।

प्रमुख सचेतक बर्तौलाले भदौ महिनामा प्रतिनिधि सभाबाट संघीयतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताउनुभयो ।