१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका व्यक्ति कुवेतबाट पक्राउ


1.456k
Shares

काठमाडौं ।

 मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार एक जना व्यक्ति पक्राउ परेका छन् ।

सुर्खेत भेरीगङ्गा नगरपालिका-२ सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका हुन् । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।