९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


झापा र नुवाकोटबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ


884
Shares

काठमाडौं । नुवाकोट र झापाबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई झापा प्रहरीले आइतबार पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादुर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, नुवाकोटमा पनि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विदुर नगरपालिका(३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

सोही घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएका छ ।