Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै


1.3k
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीकाे बैठक बाेलाएका छन् । सभापति (सोमबार) आज बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएको पदाधिकारीले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको ती पदाधिकारीले जानकारी दिए।

यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ । यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएको बुझिएको छ।