८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सहकारी समाजवादको आधारशिलाः महामन्त्री शर्मा


208
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ छ । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताउनु भयो । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘सहकारी समाजवादको एउटा आधारशिला हो । सिंगो समाजको हो । आज देशमा सहकारीले न्याय फलानालाई चाहियो भन्नेकुराहरु ल्याएको छ । ३४ हजार बढी सहकारीहरु छन्, त्यसलाई नियमन गर्ने निकाय चाहिन्छ । कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो ।

न्याय उनीहरुलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ ।’

महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताउनु भयो । संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनु भयो ।