
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था समाजवादको आधारशिला भएको बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा ३४ हजार बढी सहकारी संस्था रहेको बताउदै उहाँले यसलाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ छ ।
सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको समेत उहाँले बताउनुभयो । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताउनुभयो । उहाँले संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको समेत बताउनुभएको छ।
शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्