
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आएछु भनेर आत्मग्लानी हुने गरेको बताउनुभयाे ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो आफू अलि पुरानो भएर पनि दिक्क लागेको हुनसक्ने समेत उहाँको भनाइ छ ।संविधानमा लेखिएका कुराहरु कार्यान्वयन गर्न नसकेको भन्दै दुःखेसो गर्नुभयो । उहाँले आफूले किन संविधानको कार्यान्वयन गरिएन रु भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,-‘संविधानमा उपलब्ध प्रगति त गर्यौं । तर पण्डितको पुस्तकको माछा र खोलाको माछा भन्ने आउँछ । संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैंलाई हो । तर मैले आफैंलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैंलाई गरेको हो । किनभन त्यस ठाउँमा त हामी नै छौं । संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौं । म त अन्तरिम कालदेखि संसदमा निरन्तर छु । पछिल्लो समय आउँदा त कानून त चोरी हुने संसदमा के बेकार आइएछ जस्तो लाग्छ आज भोलि । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’
उपमहासचिव शर्माले देशको अर्थतन्त्रको बारेमा १५ दिनसम्म लगातार बहस गर्न जरुरी रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्