
एजेन्सी । उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तमा पुल निर्माणको क्रममा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी ४ जना अझै बेपत्ता भएको दुर्घटनालाई सम्बोधन गर्ने आपतकालीन कमाण्ड मुख्यालयले जनाएको हो। हुआङनान तिब्बती स्वायत्त प्रान्तको जैन्का काउन्टीको सिचुआन–छिंगहाई रेलवेको छिंगहाई खण्डमा निर्माणाधीन पुल भत्किएको छ।
विफलताका कारण १ सय ८ मिटरको स्टील गर्डर आर्च रिब भत्किएको हो । दुर्घटनाको समयमा १६ जना कामदारहरू घटनास्थलमा उपस्थित थिए । शुक्रबार दिउँसोसम्म उद्धार प्रयासमा ८ सय ६ कर्मचारीहरू संलग्न थिए ।
जसमा ९१ सवारी साधन, २७ डुङ्गा, एउटा हेलिकप्टर र ५ रोबोटहरू थिए ।
प्रतिक्रिया दिनुहोस्