७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नेपाल आइपुगिन् भियतनामकी उपराष्ट्रपति सुआन


1.196k
Shares

काठमाडौं ।

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छिन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किनेछिन् ।