६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


साना देशलाई हेप्ने प्रवृतिविरूद्ध नेपाल अगाडि बढ्नुपर्नेमा एमाले सांसद भट्टराईको जोड


247
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो बताउनुभएको हो । चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेकोप्ति उहाँले आपत्ति प्रकट गर्नुभएको छ ।

ठूला देशहरूको खासगरी साना देहरूलाई हेप्ने प्रवृति बढेको सांसद भट्टराईको तर्क थियो । पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कुटनीतिक नोट पठाएको उहाँले बताउनुभएको हो । पहिलेदेखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उहाँको भनाइ छ ।

सांसद भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनमा हुन लागेको औपचारिक भ्रमणमा सोही विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे ।