
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । नेपालको सहभागिताबिना भारत र चीनबीच भएको सहमति स्वीकार्य नहुने बताउदै उहाँले यस विषय उग्रराष्ट्रवाद देखाउन आवश्यक नरहेको बताउनुभयो । उहाँले यस विषयमा नेपालका सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य नहुने सन्देश दिनुपर्नेमा जोड दिनुभएकाे छ ।
तयस्तै, महामन्त्री थापाले सोही समहमतिको बारेमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई ६ बुँदे सुझाव पठाएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्