Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


‘रवि लामिछाने निक्कै दुब्लाएछन्’: अध्यक्ष दाहाल (भिडियाेसहित)


442
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निक्कै दुब्लाएको बताउनुभएको छ ।

नक्खु कारागारमा पुगेर रविलाई बुधबार भेटेपछि उहाँले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएको समेत बताउनुभएको हो । उहाँले भन्नुभयो, भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ। यहाँ आएपछि सुधार हुँदैछ तर उहाँ निक्कै दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’

सोही भेटका क्रममा रविले भैरहवाको कारागार गोलघर जस्तै रहेको अध्यक्ष दाहालले बताउनुभएको छ । तर नख्खुमा भने धेरै राम्रो भएको भन्दै रविले कारागारको प्रशंसा समेत गरेको उहाँले जानकारी गराउनुभयो । रविले अदालतले तोकेको बिगो बैंक धरौटी राखेर आफू बाहिरै बसेर मुद्दा लड्छु भन्दा पनि त्यो सुविधा नपाएको भनेर गुनासो गरेको उहाँले बताउनुभयो । रविले यति धेरै विभेद आफूमाथि किन गरिएको हो, मैले बुझ्न सकिन भनेर प्रश्न गरेको अध्यक्ष दाहालको भनाइ छ ।

राजनीतिक कुरा धेरै नगरेको बताउँदै उहाँले रविमाथि भएको विभेद कम होस् र वातावरण सहज होस् भन्ने नै आफ्नो चाहना रहेको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेले जसरी आफूमाथि व्यवहार गरेको छ, त्यसले आफ्नो पार्टीलाई फाइदा भएको छ भनेर रविले राम्ररी बुझेको उहाँको भनाइ छ ।

आफैंमाथि बन्चरो हान्ने आत्मघाती कदम किन गरेको होला भनेर रविले राम्रैसँग बुझेको अध्यक्ष दाहालले बताउनुभयो ।