३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली


364
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानून अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरुलाई नियन्त्रण गर्ने बताउनुभएको छ ।

काठमाडौंमा म‌‌गलबार राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९ औं राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरुको दुरुपयोग बढी भएका कारण नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो । कतिपय सामाजिक सञ्जालहरुले नेपालको कानूननै मान्दिनँ भन्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्ता संजालहरुलाई नियन्त्रण गर्नु बाहेक अर्को उपााए नरहेको स्पष्ट पार्नुभयो ।

नेपालको कानून अनुसार सञ्चालन नहुने सामनाजिक सञ्जालहरुले समाजमा विकृति र अराजकता फैलाएकाले नियन्त्रण गर्दा विरोध नगर्न समेत उहाँले आग्रह गर्नुभएकाे हाे । नियमभित्र आउनुपर्ने, दर्ता हुनुपर्ने र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र पूर्ण रुपमा कार्यान्वयन हुने पनि स्पष्ट पार्नुभयो ।