
काठमाडौं ।
युवा संगठन काठमाडौँ जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ ।
अधिवेशनको औपचारिक कार्यक्रम सुरु हुनु अघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद हुँदा हात हालाहाल भएको हो ।
अधिवेशनमा विवाद भएपछि प्रहरी परिचालन गरिएको छ ।अधिवेशन बिथोलिने अवस्था बनेपछि अध्यक्ष लिङ्देनले शान्त रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्