२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पार्टीको सदस्यता नविकरण १५ प्रतिशतले वृद्धि : एमाले


2.47k
Shares

काठमाडौं । नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ ।

शुक्रबारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराउनुभएको हो ।

बैठकमा महासचिव पोखरेलले राख्नुभएका भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नविकरण १५ प्रतिशतले बढेको बताउनुभयो । उहाँकाअनुसार बाँकी तथ्यांक आउने क्रम रहेको र पार्टीको संगठनात्मक क्षेत्र बलियो भएको बताउनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, समसामयिक विषयहरुमा बैठकलाई जानकारी गराउनुभएको छ ।