१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डे


338
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीर रूपमा अघि बढ्ने बताउनुभएको छ ।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बढ्दो तापक्रम वृद्धिका कारण हिमालहरु पग्लिन थालेको उल्लेख गर्दै हिमालको संरक्षणमा सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो । उहाँले संस्कृति मन्त्रालयको नेतृत्वमा रहँदा आदिवासी जनजातिका आवश्यकता सम्बोधन हुनेगरी नीति, कानुन र संरचना तयार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले सबै समूदायको संस्कृति र सभ्यता संरक्षका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो ।