२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


एमाले पोलिटब्युरो बैठकमा १५ सदस्यीय पदाधिकारीको प्रस्ताव


1.508k
Shares

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टीका उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै १५ सदस्यीय पदाधिकारीको प्रस्ताव अघि सानुभएको हो ।

पार्टीका प्रभार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार केन्द्रिय सचिवालय र केन्द्रिय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रिय कमिटी र त्यसको एक तिहाईको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रश्ताव गरिएको छ । प्रस्ताव उपर स्थायी कमिटीका सदस्यहरुले आफ्नो राय पस्तुत गर्ने क्रम जारी रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले शुक्रबार सात जना पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राख्नुभएको बताउनुभयो ।