२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छ : सभापति देउवा


832
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको बताउनुभयो ।

सभापति देउवाले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । आदिवासी जनजातिहरुको लागि कांग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताउनुभयो ।

सभापति देउवाले नेपाल सुन्दर देश भएको बताउनुभयो । आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुयाएको बताउनुभयो ।