२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन : वामदेव गौतम


533
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी)बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गर्नुभयो । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी)मा आएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताउनुभयो ।