३० असार २०८२, सोमबार | Tue Jul 15 2025


‘एमालेमाथि चौतर्फी घेराबन्दी छ, प्रभावकारी बनाउन पहल गर्छौं’


2.6k
Shares

काठमाडौं । नेपाल बौद्धिक परिषद्ले नेकपा एमालेप्रति अहिले घेराबन्दी भइरहेको निष्कर्षसहित पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषद्ले नेपाल र नेपालीको सर्वाङ्गिण विकासका लागि योजना, सपना र प्रतिवद्धता भएको एक मात्र पार्टी एमाले रहेको निष्कर्ष निकालेको हो ।

एमाले दोस्रो विधान अधिवेशन र एघारौँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको उल्लेखगर्दै नेता, कार्यकर्ता र जनताको पार्टीप्रति आकर्षण बढाउन, सिर्जनशिलता र लगनशिलताको विकास गराउन, संसदमा बहुमतसहित राष्ट्रको आमुल परिवर्तन गर्नसक्ने शक्ति बनाउन बौद्धिक परिषद्ले पार्टीका सबल र पार्टीभित्र सुधार गर्नुपर्ने पक्षहरु जनताबाट खोज अनुसन्धान गरी पार्टीमा वास्तविक अवस्थाको चित्रण गर्ने बताएको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रचार सचिव डा. टीका ढकालले परिषद्ले दीक्षण एशियाली प्रगतिशिल बुद्धिजीविहरुको सम्मेलन आयोजना गर्ने, बोद्धिक बहसलाई विस्तारित गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँकाअनुसार परिषद्ले नेपाल बौद्धिक परिषद्को सचिवालयमा १० सदस्य थप गरी १९ सदस्यीय गठन गरिएको छ । केन्द्रिय कमिटीमा ११ सदस्य थप गरिएको र सल्लाहकार परिषद् २४ जना मनोनयन गरिएको बताउनुभयो । सचिवालय सचिवको जिम्मेवारी डा. ल्हाक्पा शेर्पा, कार्यालय सचिव शम्भू भट्टलाई दिइएको बताउनुभयो ।