२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहनेका लागि खुला विश्वविद्यालय : अध्यक्ष लिङ्देन


1.573k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बिहीबार आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गर्नुभयो । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गरिरहनुभएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले जबरालाई आगामी जीवन अझै सहज र सक्रियतापूर्वक अघि बढाउन शुभकामना दिनुभयो ।