२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको हो : मन्त्री खड्का


234
Shares

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताउनुभयो । उहाँले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

मन्त्री खड्काले जलस्रोतको दोहन नभई दिगो उपयोगका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताउनुभयो ।