२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रास्वपालाई एमालेको चुनौति – बोल्दा हेक्का पुर्‍याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्


1.534k
Shares

काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो । उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनुभयो । गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गर्नुभयो । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताउनुभयो । बोल्दा हेक्क पुर्‍याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिनुभयो ।

सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गर्नुभयो । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताउनुभयो ।