
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगधन्दा फस्टाउँदा देशको समृद्धि हुन्छ भन्नेकुरा राजनीतिक तहबाट बुझ्न जरुरी रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले उद्योग निजी क्षेत्रको हो, उद्योगी र व्यवसायीको हो भनेर सोच्दा अहिलेसम्म समस्या झेलिरहनुपरेको बताउनुभयो । उहाँले व्यवसाय वृद्धि भयो भने जिडिपीमा यसको योगदा बढ्यो भने देश समृद्ध हुन्छ भनेर राजनीतिक तहबाट आवश्यक सम्बोधन हुन नसकेको बताउनुभयो । नेपालको पुँजीबजारको झन्डै ८० प्रतिशत क्षेत्र निजी क्षेत्रको रहेपनि योगदान ५ प्रतिशत मात्रै रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले शासकीय प्रणालीभित्रको सुधारलाई निर्ममतापूर्वक सुधार गर्न नसकेसम्म उद्योग क्षेत्र फस्टाउन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्