२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विपद्को सामना गर्न सरकारले तयारी गरोस् : विश्वप्रकाश शर्मा


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै महामन्त्री शर्माले बर्खाको समयमा हुने बाढी-पहिरो जस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपार्टीको अन्त्य गर्नुपर्ने समेत बताउनुभयो । उहाँले विपद्को सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सोमबार राति चीनतर्फबाट आएको बाढीका कारण प्रभावित भएकाहरुको उद्धार र राहतमा समेत गम्भिर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

चीनतर्फ ठूलो पानी परेको वा ड्याम फुटेर बाढी आएको हुनसक्ने अनुमान गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।