
काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए ।
उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् ।
कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताउनुभयो । आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताउनुभयो । ओएनएम फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।
प्रदर्शनमा सहभागी भएकाहरुले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्