१ असार २०८२, आइतबार | Sun Jun 15 2025


विद्यालय शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छ : शिक्षामन्त्री पन्त


3.796k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा स्थानीय निकायको क्षेत्राधिकार भित्र जाने स्पष्ट पार्नुभएको छ ।

शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा मन्त्री पन्तले संविधानतः विद्यालय शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र गएको स्पष्ट पार्नुभएको हो । उहाँले एसईई प्रदेश सरकार मातहत जाने विषयमा संघीय सरकार र मन्त्रालयले प्रष्ट रुपमा भनेको जानकारी दिँदै शिक्षा इकाईलाई तीनै तहको काम गर्नेगरि दिनुपर्ने बताउनु भयो । शिक्षा इकाइले संघीय सरकार र प्रदेश सरकारको कामसँगै स्थानीय सरकारलाई पनि सहयोग गर्ने व्यवस्था राख्नुपर्नेमा मन्त्री पन्तले जोड दिनुभयो ।

मन्त्री पन्तले महासंघसँगको छलफलमा सन्तुलन मिलाउने विषयमा आपूmले सकेको गरौंला भनेर आश्वासन दिएको बताउनुभयो ।