
काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक पनि अवरुद्ध भएको छ ।
सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको जानकारी गराउनुभएको छ ।
सभामुख घिमिरेले बुधबारको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।
प्रतिनिधि सभाको बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्